काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगे । दाहालले कार्यदलको संयोजक र सदस्य भई पार्टी एकता जोगाउन नेताद्वयको भूमिका ‘प्रशंसनीय’ रहेको बताए ।
नेकपा समस्या समाधान सुझाव कार्यदलले शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलमा महासचिव पौडेल संयोजक र प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका रहेका पोखरेल सदस्य थिए ।
दाहालले केहीबेर प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका पक्षमा पौडेल र पोखरेलसँग कुराकानी गरे । दुई अध्यक्षबीच थप संवादका विषयमा पनि छलफल भयो। कार्यदलको प्रतिवेदनलाई लिएर आइतबार ओली र दाहालबीच छलफल हुने भनिएको थियो । तर, प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाउँदै सोमबारलाई छलफल सारिएको छ। अब आज (सोमबार) बिहान छलफलमा बस्ने तयारी छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ भदौ २०७७, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा