काठमाडौँ । झन्डै चार महिनादेखि उत्कर्षमा रहेको नेकपाको विवाद समाधानका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा केपी शर्मा ओलीलाई निरन्तरता दिने र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी भूमिका बढाउने सूत्र पहिचान भएको छ ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन बुझेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा कार्यदल सदस्यहरु । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
विवाद समाधानका लागि सुझाव दिन गठित ६ सदस्यीय कार्यदलले हालसम्म ओलीले सरकार सञ्चालनमा गर्दै आएको एकलौटी अभ्यासलाई केही कटौती गरी त्यसमा पार्टीको भूमिकासमेत रहने खालको प्रतिवेदन तयार पारेको छ ।
कार्यदलले अध्यक्षद्वयलाई शनिबार बुझाएको प्रतिवेदन जस्ताको त्यस्तै पारित भए पार्टी र सरकारका काममा प्रधानमन्त्री ओलीले गर्दै आएको अभ्यास केही खुम्चिनेछ भने दाहालको भूमिका केही उक्सिनेछ ।
गत मंसिर ४ गतेकै सहमतिलाई पुनर्व्याख्या गरेर पार्टी काममा दाहालको भूमिका बढाउन र ओलीलाई सम्पूर्ण रूपमा सरकारमा केन्द्रित हुन प्रतिवेदनले सुझाव दिएको छ । प्रतिवेदनमा ‘कार्यविभाजन र कार्यअधिकार’ शीर्षकमा अध्यक्षद्वयको कार्यक्षेत्रबारे व्याख्या गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
पार्टी एकीकरण हुँदा ओली र दाहालले आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्ने गरी भएको सहमतिलाई गत वर्ष मंसिर ४ मा प्रतिस्थापन गर्दै ओलीलाई सरकार र दाहाललाई दलको जिम्मेवारी भनिए पनि ओलीले पार्टीको काम गर्न नदिएको लगायतका गुनासा दाहालका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ भदौ २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ