गुगलको सर्भिस डाउन : जीमेल, गुगल ड्राइभ र युट्‍युबमा समस्या

एजेन्सी

विहीबार, ०४ भदौ २०७७, १४ : २७
गुगलको सर्भिस डाउन : जीमेल, गुगल ड्राइभ र युट्‍युबमा समस्या

एजेन्सी । विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ ।

गुगलको सर्भर डाउन भएपछि तीमध्‍ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्‍युबमा देखिएको छ ।

गुगलको सर्भर डाउन भएपछि प्रयोगकर्ताहरुले धेरै गुनासाहरु गरेका छन् । सबैभन्दा धेरै गुगल ड्राइभमा फाइल अट्याच भइरहेको छैन भने युट्‍युबमा भिडियो अपलोड गर्नमा समस्याहरु देखिएका छन् ।

जीमेल, ड्राइभ र युट्युबका साथै गुगल मीट, गुगल भ्वाइस तथा गुगल डक्समा समेत समस्‍या आएको छ ।

इन्टरनेटमाथि निगरानी गर्ने डाउनडिटेक्टर बेवसाइटका अनुसार जीमेलमा २० अगस्टको विहान ९ बजे उक्त समस्या आएको हो ।

यसका साथै सबैभन्दा धेरै ६२ प्रतिशत फाइल अट्‍याचमेन्ट, २७ प्रतिशत लगइन र १० प्रतिशत म्‍यासेज सिरिभ भइरहेको छैन ।

यसका साथै युट्‍युबमा पनि १९ अगस्टदेखि नै समस्‍या देखाइएको थियो । जसमा अपलोडिङको समस्‍या ५१ प्रतिशत, भिडियो हेर्ने सम्बन्धि ४२ प्रतिशत र वेबसाइट नखुल्‍ने समस्‍या २४ प्रतिशत रहेको छ ।

यस्तै गुगलमा सबैभन्दा धेरै ८४ प्रतिशत समस्या लग इनमा देखिएको छ भने गुगल ड्राइभमा ७६ प्रतिशत फाइल अपलोड नहुने समस्‍या रहेको उल्लेख गरिएको छ ।

जीमेल वा ड्राइभमा कुनै फाइल अट्‍याचमेन्ट गरेमा पटक-पटक जम्‍प हुने र पुन: त्‍यही अट्‍याचमेन्ट भइरहेको देखाइरहने समस्‍या दोहोरिन्छ।गत महिना पनि जीमेलमा समस्‍या आएको थियो ।

विश्‍वभर जीमेलको १ अर्ब ५० करोड प्रयोगकर्ता
स्टाटिकाको रिपोर्टका अनुसार विश्‍वभरमा जीमेलको प्रयोगकर्ता १५० करोड प्रयोगकर्ताहरु रहेका छन्। तीमध्‍ये ३२ करोड प्रयोगकर्ता भारतमा रहेका छन् । विश्‍वभरमा करीब २ सय करोड प्रयोगकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस