काठमाडौं । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको मानिएका बेला निर्वाचन आयोगले बुधबार नेकपा (एमाले) नामक दल दर्ता गरेको छ ।
नेकपा (एमाले) को दर्ता प्रक्रिया बढाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पार्टीमा उनी इतरपक्षले आरोप लगाउँदै आएका छन् । विराटनगरकी सन्ध्या तिवारीले गत असार १४ गते आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दिएकी थिइन् ।
२१ सदस्यीय कार्यसमितिमा रहेका व्यक्ति राजनीतिमा चिनिएका होइनन् । कार्यसमितिमा १३ जना महिला र बाँकी पुरुष छन् । आयोगको बुधबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । नेकपा एमाले १ सय ३२ औं दलका रूपमा दर्ता भएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ भदौ २०७७, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ