‘दिल कमाल भो’मा पल र बर्षाको रोमान्स

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १५ : ३१
‘दिल कमाल भो’मा पल र बर्षाको रोमान्स

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको रोमान्स रहेको गीत ‘दिल कमाल भो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर रमेश बानियाको रहेको छ । 

रोमान्टीक शैलीको गीतको म्युजिक भिडियो पनि त्यस्तै बनाइएको छ । राजिव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र बर्षाको जोडी सुहाएको छ ।

सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायाँकन रहेको गीतमा बिहानी आर्टले बाहिर ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस