संघीय संसदको प्रतीक चिन्हमाथि भइरहेका टिप्पणीप्रति सचिवालयको ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १२ : ४६
संघीय संसदको प्रतीक चिन्हमाथि भइरहेका टिप्पणीप्रति सचिवालयको ध्यानाकर्षण

फाइल फोटो

काठमाडौँ । संघीय संसदका पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसदको प्रतीक चिन्हमाथि भइरहेका टिप्पणीप्रति संघीय संसद सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले प्रतीक चिन्हको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति ध्यानाकर्षण जनाएको हो ।

प्रतीक चिन्हको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्यमा आवश्यक कार्य भइरहेको सचिवालयकाले जानकारी गराएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै तीन सय ५० थान प्रतीक चिन्ह तयार गर्न वागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई जिम्मेवारी दिइएको उल्लेख गरेका छन् ।