संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०८२, ०६ : ५७
संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस

काठमाडौ । संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव पदमा तीन जना कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्।

सचिवालयमा रिक्त रहेका उपसचिव पदमा कार्यक्षमतामूलक मूल्याङ्कनका आधारमा बढुवा गर्न असोज ३१ गते प्रकाशित सूचनाअनुसार मंसिर १० गते बसेको बढुवा समितिको बैठकले योग्यता क्रम कायम गर्दै तीन जनाको नाम सिफारिस गरेको हो।

बढुवा समितिको निर्णयअनुसार सिफारिसमा परेका कर्मचारीहरूमा शैलेन्द्र घिमिरे, भानु पोखेल र प्रमिला पौडेल गौतम छन् । 

सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ३८ बमोजिम आवश्यक प्रक्रिया पूरा गर्नका लागि बढुवा सिफारिससम्बन्धी सूचना सार्वजनिक गरिएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस