काठमाडौं । यता जब–जब प्रधानमन्त्री अप्ठेरोमा पर्नुहुन्छ, उहाँका तर्फबाट कोहीसँग वार्ता, छलफल गर्नुप¥यो भने त्यस्तो तार्किक र भरपर्दो मान्छे काठमाडौंमा खासै छैनन् । त्यसैले प्रदेश ५ को मुख्यमन्त्री र पार्टी इञ्चार्ज सम्हाल्दै बुटवलमा बस्नुहुने शंकर पोखरेल बिहान–साँझ नभनी दौडिएर काठमाडौं ओर्लिने हतारोमा रहनुहुन्छ ।
विश्वासिला भनिएका विष्णु पौडेल महासचिव हुनुहुन्छ, प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री । सल्लाहकार बनाइएका विष्णु रिमाल, राजन भट्टराईहरुबाट सबै नेताबीच सहमति जुट्न सम्भव नहुने । गुटमै भए पनि ईश्वर पोखरेल उति विश्वासिलो हुनसक्नुभएन । यस्तो स्थितिमा प्रधानमन्त्रीसँग केही विकल्प त छन्, तर ती विकल्पका प्रयोग कति सहज, कति जोखिमपूर्ण हुन्छ भनेर अहिलेसम्म ठम्याउन सकिएको छैन ।
जस्तो कि, यदि प्रधानमन्त्रीले आवश्यकताबोध गर्नुभयो भने प्रदेशको मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्म छोडेर शंकर ढुक्कैले काठमाडौं बस्न पर्ने हुन्छ । तर, उता प्रदेशको जटिलता फरक छ । फेरि पनि दाङमा चुनाव लड्न जानुपर्छ ।
शंकर मुख्यमन्त्री नभएर अरु कोही भएको भए प्रदेश राजधानीका रुपमा उहिल्यै बुटवल तोकिन्थ्यो । उहाँकै जोडबलमा अहिलेसम्म बुटवल र दाङ आसपास भन्ने कुरा आएको छ । फेरि प्रदेशको नाम पनि तोक्न सकिएको छैन । अहिले शंकरले मुख्यमन्त्री छाड्नासाथ प्रदेशको राजधानी दाङ नबन्ने कुरा सतप्रतिशत निश्चित र बुटवल हुने अवस्था छ ।
यस्तोमा भोलि चुनाव लड्नुपर्ने जिल्लामा राजधानी ल्याउन नसक्ने, प्रदेशको नाम पनि तोक्न नसक्ने नेताको बिल्ला भिर्नुपर्ने बाध्यता रहन्छ । जनआस्था साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ भदौ २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
ओलीको ‘अध्यक्ष मोह’ मा उपाध्यक्षद्वयको ‘काउन्टर’ प्रतिवाद
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै