चितवनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि रत्ननगर अस्पताललाई आइसोलेशन बनाइने

रासस

सोमबार, ०१ भदौ २०७७, १२ : ३८
चितवनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि रत्ननगर अस्पताललाई आइसोलेशन बनाइने

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बहुलहर अस्पताललाई आइसोलेशन अस्पताल बनाइने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना सङ्क्रमित बढेपछि आइसोलेशनमा रुपान्तरण गर्न लागिएको हो ।  

पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल ३० श्ययको आइसोलेशन कक्ष बनाउने उनले जानकारी दिए ।  

अस्पतालका चिकित्सकलाई सङ्क्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द रहेकाले पनि आइसोलेशन अस्पतालका रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताए । 

प्रतिक्रिया दिनुहोस