पर्साको पोखरिया नगरपालिकाका मेयर सहित थप ३३ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ०८ : ३०
पर्साको पोखरिया नगरपालिकाका मेयर सहित थप ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज । पर्सामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, पोखरिया अस्पतालका (मेसु अनिल यादव लगायत अन्य स्वास्थ्यकर्मी सहित ३३ जनामा  पुष्टि भएको छ । 

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले संक्रमितहरुको काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा साउन २६ गते गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको बताए । 

थप संक्रमितहरुमा सोही नगरपालिका  वडा नं। ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा समेत संक्रमित भएका छन् । यस्तै मेयर रौनियारका स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् ।  

पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् । यसअघि नै पोखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस