विराटनगर । कोरोना भाइरसको संक्रमणबा विराटनगरमा एक महिलाको धरानमा निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार रिफर गरिएको थियो ।
ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको उनले बताए । मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ साउन २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण