काठमाडौँ । नेकपाको विवादमा कूटनीतिक नियोगको चासो अचाक्ली बढ्न थालेको प्रमाण भेटिएको छ ।
नेपालको सत्तारुढ दल कुन हदसम्म अन्तरसंघर्षमा पुग्ला ? पहिला दुई दल मिलेर बनेको, फेरि छुट्टी–भिन्न हुन्छ कि हुँदैन ? यस्ता कुरामाथि अमेरिकी सरकार वा यहाँको दूतावासलाई कति चासो छ, त्यो त्यहीँका जिम्मेवारी अधिकारीले जानुन् । तर, निर्वाचन आयोगमा दूतावासबाट एउटा त्यस्तै फोन गइदिएपछि ‘के हो र कसो हो’ को चर्चा चल्न थालेको छ ।
अमेरिकी दूतावासभित्र राजनीतिक विज्ञका रुपमा कार्यरत रोजी कट्टेलले गतहप्ता निर्वाचन आयोगमा फोन गरी नेकपा फुटेर फेरि पहिलाजस्तै (एमाले र माओवादी केन्द्र) हुन लागेको हो ? भन्ने जिज्ञासा राखिन् । नेपालको कुनै पनि कानुनमा एकीकृत दल एकचोटि फुटेर आजको भोलि नै पुरानै हैसियतमा जाने व्यवस्था छैन ।
केही समय पत्रकारिता पनि गरेकी कट्टेलले यस्तो कुरा सोधेपछि निर्वाचन आयोगका हाकिमहरु अक्क न बक्क भएको त्यहाँको कानुन शाखाका अफिसरहरु बताउँछन् । उनले सुनेकी रहिछन्, नेकपाको एकीकरण भंग भएर पहिलाका एमाले अलग्गै र माओवादीहरु अलग्गै भई ती–ती पार्टीका नाममा अगाडि बढ्दैछन् र त्यसो गर्नका लागि निर्वाचन आयोगले स्वीकृति दिँदैछ ।
कानुनको अधिनमा रहने निर्वाचन आयोगसँग कुनै पनि दललाई त्यति सजिलै पूर्ववत् अवस्थामा फर्किन दिने छूट छैन । यस्तो कुरा देशको कुनै कानुनमा सम्भव छैन । किनभने, कानुनले अहिले एमाले र माओवादी केन्द्र नामका पुराना पार्टीलाई चिन्दैन । ती पार्टीहरु पुरानै हुनका लागि अहिले भएको पार्टी अस्तित्वविहीन हुनुपर्छ ।
नयाँ शीराबाट काम थालेपछि कानुनतः नबाझिने हदसम्म त्यस्तो सम्भव हुनसक्छ । तर, अहिले एमाले र माओवादी केन्द्र नामका दलहरु सन्ध्या तिवारी र गोपाल किराँतीहरुले दर्ता गरिसकेको अवस्थामा त्यस्तो सम्भव हुने कुरै भएन । (जनआस्थाबाट)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ