काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन् ।
शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि जिज्ञासा राख्दै नेताहरुले अध्यक्ष प्रचण्डसँग सचिवालय बैठकको माग गरेका हुन् ।
पौडेल नेतृत्वको कार्यदल सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् । कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत