काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन् ।
शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि जिज्ञासा राख्दै नेताहरुले अध्यक्ष प्रचण्डसँग सचिवालय बैठकको माग गरेका हुन् ।
पौडेल नेतृत्वको कार्यदल सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् । कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०७७, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ