कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, ११ : ३४
कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु

फाइल तस्विर

काठमाडौं । कपिवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

२९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा भर्ना भएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान ८ बजे मृत्यु भएको हो ।

उनमा परिक्षणमा मृत्यु अगाडी नै कोरोना पुष्टि भएको थियो । संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय पुगेको छ । 

प्रतिक्रिया दिनुहोस