बारा र पर्सामा गरि थप २३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, ११ : १४
बारा र पर्सामा गरि थप २३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । पर्सा र बारामा गरि थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला सहित २३ जना संक्रमित थपिएको हो ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार बाराका तीन र वीरगन्जका २० जना रहेको र तिनमा ११ वर्षीय बालकदेखि ६५ वर्ष सम्मका ब्ृद्ध रहेका छन ।

यो सँगै पर्सामा संक्रमित हुनेको संख्या १ हजार एक सय ८९ पुगेको छ ।  कोरोना संक्रमणका कारण हालसम्म २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस