वीरगन्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, ०९ : १४
वीरगन्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक  जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले बताए । 

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । साउनयता पर्सामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस