काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
मृत्यु हुनेमा बाराका दुई पुरुष, मोरङका एक पुरुष र सिरहाका एक पुरुष रहेका छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस्तै आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४० जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु