सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, ०८ : ४२
सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना (कोभिड १९) का कारण सिरहामा थप एक युवकको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालीका १ का गौरीपुर ४० वर्षिय युवकको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा विहिवार राती मृत्यु भएको हो ।

ज्वरो, टाइफाई र स्वास प्रस्वासमा समस्या देखिएपछि उनी थप उपचारको लागि बुधबार विराटनगर लगिएका थिए । घरमै उपचार गराइरहेका उनलाई असहज महसुश हुन थालेपछि  विरानरस्थित कोशि अस्पताल लगिएको परिवारजनले बताएको छ ।

विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार भईरहेका उनको मृत्यु पश्चात स्वावको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । मृतको शव सिरहा ल्याउन प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जानकारी दिए ।

सिंहको मृत्यूपछि विष्णुपुर आज विहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादबले जानकारी दिए । गत साउन २ गते उनको आमाको निधन भएको  पछि उनी आमाका किरिया बसेकाथिए  । यो सहित (कोभिड १९) का कारण सिरहमा मृत्युु हुनेको सख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस