काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेता छुट्टै छलफलमा जुटेका छन् ।
बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै प्रचण्ड र माधव समूह आन्तरिक छलफलमा जुटेको हो ।
काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफू निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।
सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी भएको श्रोतले जनाएको छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ ।
यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०७७, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग