काठमाडौं । जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पुराना व्यवसायी समेत रहेका गिरीको उपचारको क्रममा काठमाडौंको एक अस्पतालमा मृत्यु भएको हो ।
उनले जनकपुरमा रामा होटल समेत संचालन गर्दै आएका थिए । गिरीका छोरा डा. सन्तोषले बुवाको मृत्यु मंगलबार राति १२ बजेतिर मृत्यु भएको बताए । २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए ।
उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।
काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण