चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, ०९ : १९
चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर । चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३ सय १० वटा नमुनाको परीक्षणमा चितवनका १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

परिक्षणका कुल २१ संक्रमित देखिएपनि ५ जना भने अन्य जिल्लाका रहेका छन् । संक्रमित हुनेमा राप्ती नगरपालिका ६ को क्वारेन्टाइनमा रहेका २२, २८ र ३० वर्षका तीन पुरुष रहेका छन् । यस्तै, मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका ५ की ७८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर महानगरको वडा नं १, ३, ४, ८, १० र ११ का ५ महिला र ७ पुरुषमा कोरोना संक्रमण भएको छ । संक्रमितहरु भरतपुर अस्पताल, महानगरको क्वारेन्टाइन, बीपी मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र नेशनल सिटी अस्पतालमा उपचाररत छन् ।

मंगलबार बाराका एक पुरुष, बैतडीका एक पुरुष, तनहुँका दुई पुरुष र रौतहटकी एक बालिकामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।


 

प्रतिक्रिया दिनुहोस