कोरोना संक्रमणबाट सप्तरीमा थप एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, ०८ : २५
कोरोना संक्रमणबाट सप्तरीमा थप एकजनाको मृत्यु

फाइल फोटो

राजविराज । कोरोना संक्रमणबाट  सप्तरीमा थप एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।

योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो ।

एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस