कैलाली । अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्दार गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।
नदी कटान भएर बगेका खोलामा पानी बढेर २५० देखि ३०० मिटरसम्म उक्त बस्तीको क्षेत्र जलमग्न भएको सशस्त्र प्रहरी नायब निरीक्षक टेरले बताए । डुबानमा फसेकाहरुलाई उद्धार गर्न झण्डै दुई घण्टा समय लागेको र उनीहरुलाई सुरक्षित स्थानमा सारी सकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ साउन २०७७, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा वर्षा, किसानलाई राहत
तिब्बतमा वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
धनुषामा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा