कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ०९ : ४९
कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु

फाइल फोटो

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । धनुषाकोको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड १९ बिशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरमा करिब २० दिन देखि आईसीयुमा उपचाररत्त रहेका सो पुरुषको गत राति कोरोनाको कारण मृत्यु भएको हो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले धनुषामा समुदाय स्तरमा कोरोना फौलिसकेको छ । 

यस भन्दा पहिले आइतवार मृत्यु भएका पुरुषमा सोमबार मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषामा अहिलेसम्म यो समेत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस