म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी

मंगलबार, २७ साउन २०७७, ०८ : ०६
म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले थप गरिएको समयमा पेनाल्टी मार्फत गोल गर्दै सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो । 

सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनलाई १–० ले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो । ९० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको ९५ औँ मिनेटमा युनाइटेडले पेनाल्टी पायो । सो पेनाल्टीलाई ब्रुनो फेर्नान्डेसले सदुपयोग गर्दै गोल गरे । सोही गोल नै प्रतियोगिताको निर्णायक गोल बन्दै म्यानचेस्टर युनाइटेड १–० को जितसहित सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस