वीरगन्जमा ९ प्रहरी सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ०७ : ५२
वीरगन्जमा ९ प्रहरी सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जमा ९ प्रहरी सहित थप ५५ जनामा कोरोना संक्रमण पाईएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । संक्रमित हुनेहरुमा १७ जना महिला अन्य पुरुष रहेका छन् ।  

नारायणी अस्पतालका थप ५ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् । संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन्  ।

कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस