काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसमा पनि घर झगडा चुलीमै छ । कोइराला र पौडेल पक्षले महाधिवशेन लक्षित गरेर सभापति शेरबहादुर देउवाले विधानको ब्यवस्था अनुसार ६ महिनामा गठन गर्न नसकेको विभाग अहिले महाधिवेशनको मुखमा गठन गरेर महाधिवशेन प्रभावित पार्न लागेको आरोप लगाईरहेका बेला सभापति देउवा भने धमाधम विभागमा मनोनयन गर्नेतिर केन्द्रीत हुन थालेका छन् ।
आफ्ना पक्षका नेताहरुको नाम दिन सभापति देउवाले गरेको आग्रह पौडेल पक्षले अस्वीकार गरेपछि देउवाले आइतबार मध्यरातमा काँग्रेसका १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरुलाई मनोनयन गरेका हुन् । देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसकेका छन् ।
एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन । उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् । अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु देउवाले मनोनयन गरिसकेका छन् ।
हेर्नुहोस आइतबार राती देउवाले गठन गरेका विभाग प्रमुख र सदस्यहरुको सूची :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०७७, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो