काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसमा पनि घर झगडा चुलीमै छ । कोइराला र पौडेल पक्षले महाधिवशेन लक्षित गरेर सभापति शेरबहादुर देउवाले विधानको ब्यवस्था अनुसार ६ महिनामा गठन गर्न नसकेको विभाग अहिले महाधिवेशनको मुखमा गठन गरेर महाधिवशेन प्रभावित पार्न लागेको आरोप लगाईरहेका बेला सभापति देउवा भने धमाधम विभागमा मनोनयन गर्नेतिर केन्द्रीत हुन थालेका छन् ।
आफ्ना पक्षका नेताहरुको नाम दिन सभापति देउवाले गरेको आग्रह पौडेल पक्षले अस्वीकार गरेपछि देउवाले आइतबार मध्यरातमा काँग्रेसका १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरुलाई मनोनयन गरेका हुन् । देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसकेका छन् ।
एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन । उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् । अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु देउवाले मनोनयन गरिसकेका छन् ।
हेर्नुहोस आइतबार राती देउवाले गठन गरेका विभाग प्रमुख र सदस्यहरुको सूची :









प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०७७, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै