ओली पक्षद्धारा पत्रकारको गुट भेला

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, ०९ : ५३
ओली पक्षद्धारा पत्रकारको गुट भेला

काठमाडौं । गत वुधबार नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारसँग अन्र्तक्रिया गरे । अन्र्तक्रियाका मक्सद एउटै थियो, नेकपाभित्र अहिले चलिरहेको विवाद विधि र पद्धतीभित्रकै विवाद हो, यसभित्र कुनै पदको झिनाझिम्टी छैन् । एकोहोरो प्रधानमन्त्री निवास बालुवाटारका सल्लाहकारहरुको सक्रियतामा नेकपाभित्रको विवाद पदको लडाई मात्रै भएको भन्दै ओलीको अराजकता र पार्टीको विधि र पद्धतीमा नचल्ने ओलीको स्वेच्छाचारी शैलीको पुरै ढाकछोप मात्र हुदैं आएको थियो । 

त्यसलाई चिर्नका लागि चार नेताले मुलधारका पत्रकार र चलेका केही अनलाइनमा नेकपाका समाचार लेखिरहेका पत्रकारहरुसँग अन्र्तक्रिया गर्ने र पार्टीभित्रका समस्याका बारेमा प्रष्टयाउने गरी काठमाडौंको थापागाँउको पेसिेडेन्टल कलेजमा पत्रकारसँग भेटघाट गरे । यो भेटघाट पछि सबैभन्दा बढी अत्तालिन पूग्यो बालुवाटार । त्यसपछि बालुवाटारका प्रधानमन्त्रीका सल्लाहकार देखि ओली निकटका नेताहरुको चर्काे प्रतिक्रिया आउन थाल्यो, प्रधानमन्त्रीका विरुद्ध नेताहरुले ओहो कस्तो सुन्नै पनि नसक्ने अभिब्यक्ति दिए । 

पत्रकार संगठनको गुटको भेला गरेको, चार नेताले नै पत्रकारलाई यसरी समाचार लेख्नु, उसरी समाचार लेख्नु भनेर अह्राई सिकाई गरेको सम्मका तथ्यहिन आरोप लगाए । तर वास्तविकता त्यस्तो थिएन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग बोलेका अभिब्यक्ति जस्ताको तस्तै शब्द चित्रण नै पछि उतारिएर सञ्चारमाध्यमहरुमा आएका थिए । तर त्यहाँ कुनै नेताले यसो गर्नुस्, उसो गर्नुस् भन्ने कुनै सम्बोधन थिएन् । हुने कुरा पनि थिएन, किनकी त्यहाँ कुनै संगठनका पत्रकारहरुको जमघट थिएन् । 

तर ४ नेताले पत्रकारहरुसँग गरेको यही अन्र्तक्रियालाई बहाना बनाउदै ओली पक्षले भने आफु निकट पत्रकारहरुकै गुट भेला गरेको छ ।  प्रेस संगठनका सहसंयोजक गणेश बस्नेत सबैभन्दा बढी अतिरन्जित हुन पुगेका थिए । अध्यक्ष प्रचण्ड सहितका ४ नेताले गरेको पत्रकार भेटघाट पछि । त्यसपछि उनले पनि ओली निकट नेताहरुसँगको छलफलमै आइतबार राजधानीको अनामनगरस्थित एक रेष्टुराँमा आफु निकट केही पत्रकार नेताहरुका बीचमा गुट बैठक गरेका छन् । 

राजेन्द्र अर्याल, प्रमोद दाहाल, रघु मैनाली, तिर्थ कोइराला, गोविन्द पोखरेल लगायतलाई बोलाएर बस्नेतले गुट बैठक राखेका हुन् । त्यहाँ माधव नेपाल निकट मानिएका पत्रकार माधव नेपाल र वामदेव गौतम निकट मानिएका विश्वमणि सुवेदीलाई पनि निम्ताईएको थियो । छलफल बसेको तथ्य वाहिर आएपछि उक्त समुहले काठमाडौं पत्रकार महासंघको सदस्यता नविकरणमा समस्या देखा परेकोले कसरी नविकरण गराउने भन्ने विषयमा छलफल गर्न बसिएको भनेपनि त्यहा काठमाडौं पत्रकार महासंघसँग सम्बन्धित कुनै पनि पदाधिकारीलाई नबोलाई गरिएको छलफलले सदस्यता नविकरणसँग मात्र सम्बन्धित छन् भन्ने अर्थ नराख्ने प्रेस संगठनका एक नेता पत्रकारले बताए ।

त्यहँ उपस्थित पत्रकारहरुले आन्तरिक संगठनमा आफु पक्षियहरुको रणनीतिकै विषयमा केन्द्रीत रहेर छलफल गरेको एक सहभागीले बताए ।  सहसंयोजक बस्नेतले भने पत्रकार महासंघको अबको चुनावमा पूर्ववतः प्रेस चौतारीले आफ्नो ढंगले नै चुनावमा भाग लिने र त्यही अनुसार आफ्ना मान्छेहरुलाई चुनाव लडाउने, जिताउने रणनीति अन्र्तगत योजना बनाएर जानुपर्ने धारणा राखेको पनि ति नेताले बताए । 

यस्ता छलफल प्रारम्भिक रुपमा गरिएपनि अर्काे चरणमा अलिक विस्तृत गर्ने पनि त्यहाँ छलफल भएको थियो । बस्नेतलाई ओली निकट पत्रकारहरुको भेला गर्न, प्रधानमन्त्री ओलीलाई नै त्यहा सहभागी गराउन उनी निकट पत्रकारहरुले सुझाव समेत दिएका थिए । तर ओली नै मैदानमा यसरी गुट भेलामा आँउदा अप्ठयारो परिस्थिती जन्मिने खतरा देखेपछि अहिले नेता पत्रकारहरुको मात्र प्रारम्भिक छलफल भएको सहभागी एक पत्रकारले बताए ।