बाढीपीडितलाई सिजी फाउण्डेशनको सहयोग

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १५ : ३७
बाढीपीडितलाई सिजी फाउण्डेशनको सहयोग

कैलाली । भजनी नगरपालिकाका बाढीपीडितलाई सिजी फाउन्डेशनले राहात वितरण गरेको छ । चौधरी ग्रुपका महाप्रबन्धक रामकाजी सिटौलाले दिएको जानकारी अनुसार भजनी नगरपालिकाका बाढीपीडितलाई ३ सय २५ कार्टुन चाउचाउ र १७ बोरा भुजिया बितरण गरिएको हो । 

साउन दोश्रोसाता आएको बाढीवाट प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको सिटौलाले बताए । फाउण्डेशनले उपलब्ध गराएको राहत खाद्यान्न जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत बाढीपीडितलाई बितरण गरिएको हो । 

फाउण्डेशनले दैवी प्रकोपमा परेका परिवारलाई देशका बिभिन्न स्थानमा खाद्यान्न, औषधि लगायतका सामग्री बितरण गर्दै आएको छ । फाउण्डेशनको समाजसँग सहकार्य अन्तर्गत राहत बितरण गरेर स्थानीय वासिन्दालाई ठुलो सहयोग गरेको भजनी नगरपालिकाले जनाएको छ । 

राहत बितरणमा फाउण्डेशनका तर्फबाट कुल गिरी र दिनेश भण्डारी सहभागी थिए । 

कोरोना महामारी सुरु हुनासाथ चौधरी फाउण्डेसनले सात वटै प्रदेशका अस्पतालमा चिकित्सकीय सेवामा अत्यावश्यक मानिने पिपिई र थर्मल गन निःशुल्क वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस