काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा सुटुक्क भारतीय राजदुतावास पुगेर छलफल गरेका छन् । घटना हो, शुक्रबारको । उनी शुक्रबार बेलुकी ९ बजे लैनचौरस्थित भारतीय राजदुतावास छिेरेर भारतीय राजदुत विनयमोहन क्वात्रासँग झण्डै ढेड घण्टा छलफल गरेर बाहिरिएका छन् ।
एक उच्च स्रोतले दिएको जानकारी अनुसार देउवा पत्नी डा. आरजु राणाले प्रयोग गर्ने गरेको भेहिकल (गाडी) प्रयोग गरेर सभापति देउवा दुतावास छिरेका थिए । कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि दुई देशका बीचमा तिक्क्तता बढेको छ ।
दुई देशबीच यस विषयमा कुटनीतिक तथा राजनीतिक रुपमै सम्वाद गरेर समस्याको हल खोज्ने प्रयास ठप्प भईरहेका बेला प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति देउवाको दुतावास प्रवेश, त्यो पनि रातको समयमा भएकोले निक्कै अर्थपूर्ण मानिएको छ । देउवाले दुतावास छिरेर राजदुत क्वात्रासँग के विषयमा ढेड घण्टा सम्म भलाकुसारी गरे ? त्यो भने खुल्न सकेको छैन् । तर उनले काँग्रेसभित्रको आसन्न महाधिवशेन र नेपाल भारतका बीचमा देखिएको तिक्क्त सम्बन्ध र सरकारको रणनीतिमा केन्द्रीत रहेर कुराकानी गरेको हुन सक्ने अनुमान लगाईएको छ ।
देउवा निकट एक केन्द्रीय सदस्यले पनि सभापतिले भारतीय राजदुतसागको भेटवार्ता गरेको विषय भने पुष्टि गरेका छन् । ‘हाम्रा सभापतिले भारतीय राजदुतसँग शुक्रवार भेटवार्ता गर्नुभएको छ । तर त्यो भेट समसामयिक राजनीतिका विषयमा केन्द्रीत थियो,’– देउवा निकट ति केन्द्रीय सदस्यले सफलखबरसँग भने,–‘ तर कँहा भेट गरे भन्ने कुरा भने मलाई पनि जानकारी छैन, तर भेट्न चाँही भेटनुभएको सत्य हो ।’ ओली सरकारले आफुलाई खाटी राष्ट्रवादी देखाउन खोजेपनि यस अगाडी आफ्ना विश्वासपात्र गोकुल बाँस्कोटालाई पनि सिधैं दुतावास नै पठाई राजदुत क्वात्रासँग छलफल गराएका थिए ।
शुक्रवार मात्रै दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भटट्राई ले भारतीय दुतावासका नयाँ डिसिएम नाम्ग्या छोदेन खम्पासँग पनि भेट गरेका थिए । दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसँग भारतीय दुतावासका दोश्रा कर्मचारी नाम्ग्याले भेटवार्ता गर्नु र सोही दिन साँझ देउवा लैनचौरस्थित दुतावासमै प्रवेश गरेर राजदुत क्वात्रासँग ढेड घण्टा गफिनुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाका बीचमा पछिल्लो समय बढदो हिमचिमका बीचमा देउवाको दुतावास प्रवेश अर्थपूर्ण छ ।
नेपालको राजनितिमा सधै भारतले हस्तक्षेपकारी निति अवलम्बन गर्दै आएको र नेपालका नेताहरुको पनि दुतावास धाउने परम्परा रहेको भन्दै आलोचना बढिरहेका बेला र भारतसँगको सम्बन्धमा तिक्क्ततापूर्ण सम्बन्ध रहेका बेला प्रमुख प्रतिपक्षी दलका नेताको दुतावास प्रवेश र त्यो पनि सुटुक्क रातको समयमा भएको घटना रहस्यमय देखिएको विश्लेषण हुन थालेको छ ।
काँग्रेसको आसन्न महाधिवशेनमा देउवालाई भन्दा इतर समुहका नेताहरुलाई भारतीय संस्थापन पक्षले साथ र सहयोग गर्न सक्ने अनुमान लगाईरहेका बेला देउवाले त्यसको वातावरण बनाउन र आफ्नो पक्षमा भारतीय संस्थापनको विश्वास लिनका लागि पनि यो भेटवार्ता प्रारम्भिक भएको हुन सक्ने अनुमान पनि लगाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ साउन २०७७, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै