काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १६ : ५४
काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण

फाइल फोटो

काठमाडौँ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँमा पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ५६ जना, भक्तपुर र ललितपुरका ३–३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना र ललितपुरका ३ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २९ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौँका १२ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका २ जना र नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जना तथा भक्तपुरका ३ जनामा कोरोना पुष्टि भएको छ ।
 

प्रतिक्रिया दिनुहोस