चितवन समाज जापान कान्साई क्षेत्रीय समितिद्वारा देवघाटमा रहेका वृद्धाश्रमका लागि सहयोग

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १६ : ०८
चितवन समाज जापान कान्साई क्षेत्रीय समितिद्वारा देवघाटमा रहेका वृद्धाश्रमका लागि सहयोग

देवघाट । चितवन समाज जापान कान्साई क्षेत्रीय समितिले देवघाटमा रहेको देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको वृद्धाश्रमका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तानान्तरण गरेको छ ।

आश्रमको विकासका लागि स्थापित अक्षय कोष सहयोगार्थ सो रकम देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई हस्तानान्तरण गरिएको हो । 

कान्साई जापानका उपाध्यक्ष लक्ष्मण गैरे ‘चित्रप्रसाद’ ले सो रकम अध्यक्ष पौडेललाई हस्तानान्तरण गरेका हुन् । साथै सो अवसरमा आश्रममा रहेका वृद्धवृद्धालाई भोजन समेत गराएका थिए । 

कान्साई जापानका अध्यक्ष होमप्रसाद गैरे, सचिव अनिल पोडेल लगायतको पहलमा संकलित सो रकम आश्रमका वृद्धवृद्धाहरुको सहयोगार्थ हस्तानान्तरण गरिएको कार्यक्रमका सभाध्यक्ष चित्रप्रसादले बताए ।

कार्यक्रममा बोल्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले देवघाटलाई वृद्धवृद्धाहरुको मुल आश्रयको थलोको रुपमा विकास गर्नका लागि क्षेत्र विकास समितिले विशेष पहल गरिरहेको बताए । अक्षय कोषका लागि जापानमा रहेको युवाहरुले सहयोग गरेकोमा आभार व्यक्त गर्दै पौडेलले अक्षय कोषमार्फत जम्मा भएको रकमले वृद्धवृद्धाहरुको पालनपोषणमा खर्च गरिने बताउनु भयो ।

कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय सेवा समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, सामाजिक व्यतित्व विश्नुहरी तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस