काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफल सकिएको छ । उनीहरुबीच आज तीन घन्टा छलफल भएको थियो ।
यसपटकको छलफलमा दुबै अध्यक्षले साक्षी फरेका थिए । अध्यक्ष प्रचण्डसँग वरिष्ठ नेता झलनाथ खनाल थिए भने ओलीसँग नेता सुवास नेम्वाङ थिए । दुई अध्यक्षबाट गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्ने काम छलफलबाट भएको नेताहरुले बताएका छन् ।
एकअर्काबीचका तिक्तता, गुनासा र पार्टीभित्र देखिएको अन्तरसंघर्षका विषयमा दुई अध्यक्षबीच कुरा भएको नेता झलनाथ खनालले बताए । उनको बुझाइमा सकारात्मक छलफलको शुरूआत भएको छ। पार्टीभित्रको विवाद धेरै बाहिर ल्याएर निकास नआउनेमा दुवै अध्यक्ष सहमत देखिनुभएको नेता खनालले बताए ।
दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच भएको तिक्तता मेटिएको नेता खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा