काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफल सकिएको छ । उनीहरुबीच आज तीन घन्टा छलफल भएको थियो ।
यसपटकको छलफलमा दुबै अध्यक्षले साक्षी फरेका थिए । अध्यक्ष प्रचण्डसँग वरिष्ठ नेता झलनाथ खनाल थिए भने ओलीसँग नेता सुवास नेम्वाङ थिए । दुई अध्यक्षबाट गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्ने काम छलफलबाट भएको नेताहरुले बताएका छन् ।
एकअर्काबीचका तिक्तता, गुनासा र पार्टीभित्र देखिएको अन्तरसंघर्षका विषयमा दुई अध्यक्षबीच कुरा भएको नेता झलनाथ खनालले बताए । उनको बुझाइमा सकारात्मक छलफलको शुरूआत भएको छ। पार्टीभित्रको विवाद धेरै बाहिर ल्याएर निकास नआउनेमा दुवै अध्यक्ष सहमत देखिनुभएको नेता खनालले बताए ।
दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच भएको तिक्तता मेटिएको नेता खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?