काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टीनमा राखिएको हो ।
संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘म समेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण सिल छ ।’ महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह
काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल