थप ९३ जना कोरोना संक्रमित घर फर्किए, आजसम्म निको हुनेको संख्या १४ हजार ४९२ पुग्यो

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १६ : २४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । जुन जम्मा संक्रमितको ७२.१ प्रतिशत हो ।