काभ्रे । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल–१० बेलामा लगेर हत्या गरिएको हो ।
हत्या आरोपित धुलिखेल–११ का २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रूपेन्द्रमान लामालाई प्रहरीले घटनाको १२ घन्टाभित्रै पक्राउ गरेको छ । मादक पदार्थ सेवा गरेका दुई अभियुक्तले गफ गर्दै अलि परसम्म लगेर पाँच सय रुपैयाँ लुटेपछि ढुंगाले हिर्काएर मारेको खुल्न आएको एसपी रविकुमार पौडेलले बताए ।
गत बिहीबार बिहान तामाङको हत्या गरेपछि घरमै रहेका लामा र ललितपुर पुगेर बसेका मैनालीलाई डीएसपी कुमारविक्रम थापाको टोलीले पक्राउ गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ साउन २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या