थप २२४ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १६ : ३०

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । जसमध्ये १४ हजार ३९९ जना निको भएर घर फर्किएका छन् ।