थप १५१ जना कोरोना संक्रमित घर फर्किए, आजसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १६ : २५

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।