चितवनको भरतपुर महानगरमा औद्योगिक ग्राम निर्माण हुने, प्रदेश सरकारद्वारा बजेट विनियोजन

प्रकाश सिग्देल

शुक्रबार, १६ साउन २०७७, १४ : १५
चितवनको भरतपुर महानगरमा औद्योगिक ग्राम निर्माण हुने, प्रदेश सरकारद्वारा बजेट विनियोजन

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले चालु आर्थिक वर्षमा भरतपुर महानगर क्षेत्रमा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ ।

रामनगर आसपासको क्षेत्रमा प्रदेश सरकारबाट प्रारम्भिक चरणमा पुर्वाधार निर्माणका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेर कार्यक्रम पठाएको र अब छिटै निर्माण कार्यको शुभारम्भ गरिने कार्यालयका प्रमुख नारायण लम्सालले बताए ।  चालु  आर्थिक वर्षमा प्रदेश सरकारले निकै राम्रा कार्यक्रमहरु आफ्नो कार्यालयमा दिएको उनको भनाई छ ।

महानगरपालिकाभित्रै प्रदर्शनी भवन निर्माणमा १ करोड , नगरपालिका तथा गाउँपालिकाहरुमा प्रदर्शनी भवन निर्माण गर्न ५० लाख, साझा सुविधा केन्द्र निर्माणमा १० लाख बजेट आएको र अब कार्ययोजनाअनुसार काम सुरु गरिने लम्सालले बताए ।  स्थानिय तहमा मागको आधारमा साना तथा लघु उद्धमीका लागी प्रबिधि बितरण कार्यक्रम, दुध उत्पादन गर्ने किसानलाई दुध संकलन गर्ने र चिस्याउने मेसिन बितरणका लागी पनि बजेट आएको लम्साल बताउँछन् ।  

यो पटक मेड्पा जस्ता तालिम सम्बन्धि कार्यक्रम भने स्थानीय तहमा गएको उहाले जानकारी दिनुभयो ।  निर्माण सम्बन्धि र बजार अनुगमनका कार्यक्रमहरु भने यो वर्ष पनि निरन्तरता दिने उनको भनाइ छ ।  साना खालका कार्यक्रम तथा तालिमका लागी पनि बजेट बिनियोजन भएको र त्यस्ता खाले तालिम पनि कार्यालयले सन्चालन गर्ने उहाको भनाइ छ ।

त्यस्तै गत आर्थिक वर्षमा भने कोरोनाको महामारीका कारण आसातित काम हुन नसकेको उनको भनाई छ । ५२÷ ५३ प्रतिषत मात्रै गत आर्थीक वर्षमा प्रगती भएको लम्सालले जानकारी दिए ।

बिशेष गरी घरेलु तथा साना उद्योगमा लागेका उद्योगीलाई दिने तालिम भने सन्चालन हुन नसकेको उनले जानकारी दिए । किसानहरुले उव्जनी गरेका सामानलाई बिक्री बितरण गर्न सहज होस भनेर पर्शामा बिक्री कक्ष भवन र नारायणगढमा उद्योग बाणिज्य परिसर भित्र बिक्री कक्ष निर्माण गरेको लघु उद्यमीलाई सिलाई मेसिन र बिउटी पार्लरका सामान बितरण गरेको र किसानका लागी घाँसकाट्ने दुध दुहुने मेसिन ८० प्रतिसत अनुदानमा बितरण गरेको उनले बताए । 

अहिले  ब्यवसाय बृद्धि गर्न पुँजी वृद्धि गर्न आउनु हुने सेवाग्राहीहरुको चाप कार्यालयमा अत्याधिक रहेको पनि उनले बताए । भिडभाड बढे पनि सुरक्षित तवरबाट सेवा दिइरहेको लम्साल बताउँछन् । 

प्रतिक्रिया दिनुहोस