चितवन । माडी कुसुमखोलाको चेपाङ बस्तीमा भएको आगजनी र सेनाको कुटपिटबाट एक जना चेपाङ युवकको मृत्युपछि खुब आलोचना खेपेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीलाई विभागमा तानिएको छ।
चेपाङ युवकको मृत्यु र कुसुमखोलाको चेपाङ बस्तीमा भएको आगजनीको विषयलाई लिएर निकुञ्ज प्रमुख रुपाखेतीले थुप्रै प्रश्नको सामना गर्न परेको थियो । चितवन निकुञ्जमा रुपाखेतीको कार्यशैलीको विषयलाई लिएर प्रश्नहरु उठेपछि उनलाई निकुञ्ज विभागमा तानिएको स्रोतको भनाइ छ ।
निकुञ्ज विभागले जनाएअनुसार वन मन्त्रालयबाटै प्रमुख रुपाखेतीलाई विभाग तानिएको हो । विभागका अनुसार रुपाखेतीको ठाउँमा बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन भइसकेका अणनाथ बराल आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०७७, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते