काठमाडौं । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
“देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौँ,” सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।
उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले तोकिएको मितिअनुसार पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
उहाँले पठनपाठन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित गर्न र त्यसका लागि अपनाउनुपर्ने उपायहरु लागू गर्न पनि जोड दिनुभएको छ । अन्य कार्यालय तथा क्रियाकलापका लागि पनि उच्च सतर्कतालाई ध्यान दिन उहाँले सबैलाई आग्रह पनि गर्नुभएको जनाइएको छ ।
एशियाली यस मुलुकमा गत जनवरीदेखि नै शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापनको कार्य बन्द गरिएको थियो भने कोरोना भाइरसबाट बच्नका लागि सबै क्षेत्रमा निषेधात्मक व्यवस्थाहरु लागू गरिएको थियो । मङ्गोलियामा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै सङ्क्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मङ्गोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ साउन २०७७, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा