काठमाडौं । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
“देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौँ,” सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।
उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले तोकिएको मितिअनुसार पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
उहाँले पठनपाठन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित गर्न र त्यसका लागि अपनाउनुपर्ने उपायहरु लागू गर्न पनि जोड दिनुभएको छ । अन्य कार्यालय तथा क्रियाकलापका लागि पनि उच्च सतर्कतालाई ध्यान दिन उहाँले सबैलाई आग्रह पनि गर्नुभएको जनाइएको छ ।
एशियाली यस मुलुकमा गत जनवरीदेखि नै शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापनको कार्य बन्द गरिएको थियो भने कोरोना भाइरसबाट बच्नका लागि सबै क्षेत्रमा निषेधात्मक व्यवस्थाहरु लागू गरिएको थियो । मङ्गोलियामा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै सङ्क्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मङ्गोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ साउन २०७७, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द
चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
नेपालमा कति छन् विद्यालय ?