नेपालमा ५० जना कोरोना संक्रमितको मृत्यु, आज बीरगञ्जमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १७ : २७

पर्सा । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीरगञ्जको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकमा उपचाररत ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

बीरगञ्ज महानगरपालिका राधेमाई टोल निवासी उनको आज बुधबार बिहान पौनै ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । मुटुमा समेत समस्या रहेका ती संक्रमितको ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचार हुँदै आएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्‍या ५० पुगेको छ ।