गोरखाको भच्चेकमा कृषि तथा वन बिज्ञानको पढाइ हुने

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १३ : ५०
गोरखाको भच्चेकमा कृषि तथा वन बिज्ञानको पढाइ हुने

गाेरखा । प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइको विषय बनिरहेका बेला अजिरकाेट गाउपालिकाकाे केन्द्र भच्चेकमा कृषि तथा वन विज्ञानकाे पढाइ हुने भएकाे छ ।

कृषिको आधुनिकिकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि र वनविज्ञान जस्ता क्षेत्रसँग सम्बन्धीत विषयको एकीकृत रुपले अध्ययन, अध्यापन, अनुसन्धान गराई अजिरकाेटभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कृषि तथा वन विज्ञानकाे पढाइ हुने भएकाे हाे ।

अजिरकाेट गाउँपालिकाकाे केन्द्र भच्चेकबजारमा ‘नमुना प्राविधिक शिक्षा प्रतिष्ठान’मार्फत रेन्जर र जिटीएकाे पढाइ हुन लागेकाे हाे । याे तहकाे अध्ययन पश्चात डिएओ र एजी पढ्नेले विएसी एजी पढ्ने अवसर पाउने छन् । प्रतिष्ठानका अनुसार एसइइ दिएर बसेका विद्यार्थीले याे तहकाे अध्ययन पढ्न पाउने छन् ।

प्राविधिक शिक्षाकाे पढाइले सम्रग अजिरकोट वासीको जीवनस्तर विकासमा ठूलाे टेवा मिल्ने प्रतिष्ठानले दावी गरेकाे छ । कलेजकाे कार्यालय भच्चेकमा संञ्चालन भएकाे छ भने भर्नाकाे तयारी भईरहेको छ ।

साविककाे भच्चेक प्राविमा प्रतिष्ठानले गुणस्तरीय शिक्षा दिनका दक्ष शिक्षकसँगै प्रयोगशाला, सुविधासम्पन्न पुस्तकालय लगायतका आवश्यक उपकरण उपलब्ध गरेकाे छ ।

भर्ना तथा थप जानकारीका लागि रामप्रसाद अधिकारी ९८५११५६५२०, राजेन्द्र अधिकारी ९८५११८४८८६ र अनिता भूजेल ९८४६१६७८४४  सम्पर्क गर्नसक्नुहुनेछ । यस कलेज प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिभिटि)बाट सम्बधन प्राप्त कलेज हाे ।

प्रतिक्रिया दिनुहोस