भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीले आधारभूत सेवा लिने वडा कार्यालयहरु व्यवस्थित बनाउन महानगरपालिकाले वडा कार्यालयहरु निर्माणलाई जोड दिएको बताउनुभएको छ। बुधबार भरतपुर महानगरपालिका वडा नं १० को गेष्ट हाउस चौरमा निर्माण हुन लागेको दुई तले वडा कार्यालय भवनको शिलन्यास गर्दै प्रमुख रेनु दाहालले सो कुरा बताउनुभएको हो।
प्रमुख रेनु दाहालले महानगरको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने वडा नं १० को कार्यालय पुरानो र साँघुरो भवनमा रहेको अवस्थामा त्यसलाई भत्काई नयाँ भवन निर्माण गर्न लागिएको दाहालको बताउनुभयो। भवनको शिलन्यास गर्दै प्रमुख दाहालले आफू जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएसँगै महानगर आफैको संरचना आधुनिक र व्यवस्थीत हुनुपर्छ भन्दै महानगरपालिकाका २९ वटै वडा कार्यालयहरुको नयाँ भवन निर्माण तथा पुराना भवनको मर्मत संहारगरी आधुनिक बनाएको बताउनुभयो।
महानगरपालिकाका २,५,७,१०,१२,१३,१७,२३ र २८ र ११ वटा वडा कार्यालयहरु निर्माणका लागि १७ करोडको हाराहारीमा बजेट बिनियोजन गरिएको बताउदै केही सम्पन्न भएका र बाँकी निर्माणका चरणमा रहेको बताउनुभयो। प्रमुख दाहालले अन्य वडा कार्यालयहरुमा करीब १० करोडको लागतमा निर्माण समपन्न भएका छन। प्रमुख दाहालले नयाँ निर्माण र मर्मत गरी वडा कार्यालयहरुको भौतिक विकासमा वितेका ३ वर्षमा २७ करोड खर्च गरेका छ।
शिलन्यास कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा नं १० का अध्यक्ष तथा प्रवक्ता अरुण पीडित भण्डारी, वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा नं ५ का अध्यक्ष पदमपाणी सुवेदी लगायतको उपस्थिती रहेको थियो।
२६ सय १७ वर्गफिट क्षेत्रफल रहेको दुई तले भवनमा तल्लो तलामा ६ कोठा रहने र माथिल्लो तलामा मिटिङ हलका साथै प्राविधिक कक्ष रहने भरतपुर महानगरपालिकाका डिभिजनल ईन्जिनियर रत्न प्रसाद लामिछानेले बताउनुभयो। लामिछानेका अनुसार १ करोड ५७ लाख १३ हजार ४ सय रुपयाँको लागतमा ठेक्का सम्झौता भएको र ९७७ चैत्र १० गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०७७, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो