काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका ७ जनासहित ९ जनाको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टका अनुसार, नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।
अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’
घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढा र वडा नं. ४ को माझगोठीका बाले बुढाको घर बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बाँगाका ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १६ वर्षीया छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको जानकारी दिए ।
नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा पनि पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। डिएसपी ओलियाका अनुसार ६५ वर्षीय बाले बुढा र उनकी श्रीमति ६३ वर्षीया मन बुढाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०७७, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो