काठमाडौं । राप्रपाबाट सुनिलबहादुर थापा नेतृत्वको समूह पार्टीमा आउन लागेकामा कांग्रेसभित्र कुनै विमति थिएन । तर विधानमै नभएको व्यवस्थाविपरीत सभापति शेरबहादुर देउवाले मनोमानी रूपमा पद बाँडेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूह सुरुदेखि नै असन्तुष्ट थियो ।
मंगलबार बिहानसम्म पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे पौडेल पक्ष निष्कर्षमा पुग्न सकेको थिएन ।
उपसभापति विमलेन्द्र निधिले सोमबारदेखि नै पौडेल र उनीपक्षीय नेताहरूसँग सहमतिका लागि संयोजन गरिरहेका थिए । निधि पार्टीद्वारा गठित अन्तरपार्टी समायोजन समितिका संयोजकसमेत हुन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी समायोजनका लागि निधिको नेतृत्वमा समिति बनाइएको थियो र अहिले थापा नेतृत्वको समूह समायोजनको जिम्मा पनि यसै समितिले पाएको छ ।
पार्टी प्रवेश कार्यक्रम सुरु हुनुअघि देउवाले पनि बूढानीलकण्ठस्थित निवासमा आफ्नो समूहको बैठक राखेका थिए । त्यस बैठकमा थापाको पार्टी प्रवेश र पौडेल पक्षको असन्तुष्टिबारे छलफल भएको थियो । पौडेल पक्षीय कतिपय सदस्यले थापा नेतृत्वको राप्रपालाई कांग्रेसमा स्वागत गरेको वक्तव्य जारी गरेर कार्यक्रममा सहभागी नहुने बताएका थिए । सभापति देउवा सुरुमा थापालाई महामन्त्री र मागेजति केन्द्रीय सदस्य दिएरै भित्र्याउन तयार भएका थिए ।
तर वरिष्ठ नेता पौडेल समूह र संस्थापन पक्षकै महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूले असन्तुष्टि जनाए । देउवा थापा समूहलाई ९ केन्द्रीय सदस्य दिन तयार थिए । तर पछि पाँच केन्द्रीय सदस्य र दुई आमन्त्रित सदस्य दिने समझदारी बनेपछि पौडेल पक्ष पार्टी प्रवेश कार्यक्रममा सहभागी भयो । कान्तिपुरमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ साउन २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ