काठमाडौं । राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही ।
एकातिर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ, अर्कोतर्फ राप्रपाबाट सुनीलबहादुर थापासहितका नेताहरूलाई मंगलबार पार्टीमा प्रवेश गराइँदै छ । थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा नेताहरूलाई भित्र्याउने तयारी भइरहँदा जोशी, ओझा र विष्टमाथि भएको कारबाहीप्रति भने पार्टीमा असन्तुष्टि छ ।
आफ्ना पार्टीका नेतालाई कारबाही गरेर अर्को पार्टीबाट भित्र्याउँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् । थापाको कांग्रेस प्रवेशको चर्चाले राप्रपाको समेत जग हल्लाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ साउन २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता