काठमाडौं । राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही ।
एकातिर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ, अर्कोतर्फ राप्रपाबाट सुनीलबहादुर थापासहितका नेताहरूलाई मंगलबार पार्टीमा प्रवेश गराइँदै छ । थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा नेताहरूलाई भित्र्याउने तयारी भइरहँदा जोशी, ओझा र विष्टमाथि भएको कारबाहीप्रति भने पार्टीमा असन्तुष्टि छ ।
आफ्ना पार्टीका नेतालाई कारबाही गरेर अर्को पार्टीबाट भित्र्याउँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् । थापाको कांग्रेस प्रवेशको चर्चाले राप्रपाको समेत जग हल्लाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ साउन २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित