१६ वर्षीया बालिका अनस्का राई १५ दिनदेखि बेपत्ता

रासस

सोमबार, १२ साउन २०७७, १७ : ५५
१६ वर्षीया बालिका अनस्का राई १५ दिनदेखि बेपत्ता

इलाम । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् । 

गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् । 

क्यान्सर पीडितको उपचारार्थ सहयोग
फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी वीरबहादुर श्रेष्ठको उपचारका लागि ‘एकतप्पा समाजसेवा झापा’ले रु ५० हजार प्रदान गर्ने भएको छ । लामो समयदेखि मुखमुनि ९च्युँडो०मा घाउ भएर क्यान्सर भएका श्रेष्ठलाई नवगठित संस्था ‘एकतप्पा समाजसेवा झापा’ले प्रदान गर्ने भएको हो । 

केही दिनअघि श्रेष्ठको उपचारकै लागि फाकफोकथुमकै एक युवाले रु ५० हजारसमेत सङ्कलन गरेर प्रदान गरेका थिए । आर्थिकस्थिति कमजोर भएका श्रेष्ठको उपचारका लागि सबैलाई आर्थिक सहयोग गर्नसमेत आग्रह गरिएको छ ।

श्रेष्ठको उपचारकै लागि करीब रु १२ लाख आवश्यक पर्ने भएको तर आर्थिकस्थिति कमजोर हुँदा सङ्कलनकै भरमा रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको दाहालले बताए । उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम जुट्दै रहेकोसमेत दाहालले बताए । क्यान्सर पीडित श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।