कर्जासँगै निक्षेपको ब्याजदर पनि घट्यो

पत्रपत्रिकाबाट

सोमबार, १२ साउन २०७७, ०८ : २४
कर्जासँगै निक्षेपको ब्याजदर पनि घट्यो

काठमाडौं । कुनै समय वार्षिक १५ प्रतिशतसम्म पुगेको घरजग्गा कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको छ ।  बजारमा माग र आपूर्तिको अवस्थाले मूल्य निर्धारण गर्ने तथ्य घरजग्गा कर्जाको ब्याजदरमा देखिएको उतारचढावले पुनः पुष्टि गरेको छ ।

विगतमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंक वित्तीय संस्थाले बढी ब्याज तिर्नुपर्दा ऋण लिनेसँग पनि उनीहरुले चर्को ब्याज असुल्नुपरेको थियो। २०७३ सालको पूर्वाद्र्धतिर ८–९ प्रतिशत वार्षिक ब्याजदरमा घरकर्जा लिएका ऋणीहरु त्यसको एकदुई वर्षमै १५ प्रतिशतसम्म ब्याज तिर्न बाध्य भएका थिए।  नागरिक दैनिकमा खबर छ ।

अहिले अधिक तरलता थुप्रिएका बेला कर्जाको माग नभएपछि बैंक  वित्तीय संस्थाले घरजग्गा कर्जाको ब्याजदर एकल अंकमा झारेका हुन्। कर्जासँगै निक्षेपको ब्याजदर पनि घटेको छ । साउन पहिलो सातादेखि ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्न थालेका वाणिज्य बैंकहरूले घरजग्गा कर्जामा बढीमा ९.९९ प्रतिशतसम्म ब्याज लिने घोषणा गरेका छन्। सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आएको होइन। केहीको अझै ११–१२ प्रतिशत ब्याजदर छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस