नेकपा प्रवक्ता नारायणकाजीको प्रश्न : गरीब चेपाङ युवाको हत्या किन गरिन्छ ? सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ?

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १५ : ४२
नेकपा प्रवक्ता नारायणकाजीको प्रश्न : गरीब चेपाङ युवाको हत्या किन गरिन्छ ? सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ?

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यबाट भएका पछिल्ला केही घटनाबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार आफ्नो स्टाटसमा व्यवस्थामाथि नै प्रश्न उठ्न लागेको भन्दै नेता श्रेष्ठले चिन्ता व्यक्त गरेका हुन् । पत्नी हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद पाएका पूर्व डिआजी रञ्जन कोइरालाको सजाय घटाने गरी सर्वोच्चले गरेको फैसलाप्रति पनि आश्चर्य व्यक्त गरेका छन् ।

नेता श्रेष्ठले उल्लेख गरेका छन्, ‘के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ?’

आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको काम काबारहीप्रति श्रेष्ठले घुमाउरो ढंगले असहमति जनाएका छन्। ‘कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ? हद भयो, असह्य भयो । न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् ।’

उनले अगाडि भनेका छन्, ‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई व्यवाहार अभ्यास गरौं र बिकास गरौं।’

उनले जनताको तहमा देखिएको आक्रोश र निराशा समयमै सम्बोधन गनए नसके आउने परिणाम दुर्भाग्यपूर्ण हुने उल्लेख गरे । ‘अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’

प्रतिक्रिया दिनुहोस